शनिवार, 25 जुलाई 2015

परिभाषित जीवन ... :- साइमोन ठाडा मगर

सधैँ आशुँ झार्नु मात्र होइन जीवन हेर
सुख दु:ख टार्नु मात्र होइन जीवन हेर।

कति पाउछौ दु:ख तिमी यो जीवनमा
गम स्वीकार्नु मात्र होइन जीवन हेर। 

अरुको लागी सधैं भरी आफ्ना सारा
इच्छाहरु मार्नु मात्र होइन जीवन हेरा।

जीतोस बरु एक खेल उसले पनि आज
सधैं भरी हार्नु मात्र होइन जीवन हेर।

आफु अघि बढ्ने  निहुँमा फेरी सधैं
मान्छे पछार्नु  मात्र होइन जीवन हेर।

गुरुवार, 9 जुलाई 2015

जीवनकाे गरिबी... :- साइमाेन ठाडा मगर

मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।

नदेखाउँ न त भन्छु मेरा दुःख अरुलाई
लुकाउनलाई मुख सक्दिन त के गरुँ ।

पेट त्यसै नभरिने एक इलम बिना अाज
मेटाउनलाई भोक सक्दिन त के गरुँ ।

बन्दैछ रे तमासा मेराे अाज समाजमा
बन्नलाई भावुक सक्दिन त के गरुँ ।

मरितुल्य भाछ जीवन लासकाे छैन टुङ्गाे
मान्न अाफ्नै साेक सक्दिन त के गरुँ ।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal