मंगलवार, 2 जनवरी 2018

तिमी बदलिएछाै... :- साइमाेन ठाडा मगर

तिम्राे अानी बदलिएछ बानी बदलिएछ
पुरानाे त्याे शैलीकाे कुराकानी बदलिएछ।

एकान्तमा बस्न रूचाउँछाै रे एकल भएर
नित्य कामलार्इ साँझ बिहानी बदलीएछ।

अन्तिम सम्म हुन्छ भन्थ्याै त खाेपेकाे निशानी
जीवन भरिकाे तिम्राे निशानी बदलिएछ।

तिम्रै काखमा जुनी बिताउँछु भन्नेकाे अाज
साहारा लागाउने त्याे सिरानी बदलीएछ।

लैला र मज्नुकाे जाेडी जस्तै भन्ने बैमानीकाे
कथा लेखिने मायाकाे कहानी बदलीएछ।

कोई टिप्पणी नहीं :

एक टिप्पणी भेजें

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal