Wel-come to Nepali Gazal bog. This is a small effort for ones who love to read or write a gazal. You can mail your gazal to publish through MAGARCHSSTM@GMAIL.COM. Hope you will like this and support me for future writings. Thanking you!
बुधवार, 28 अक्तूबर 2015
मंगलवार, 13 अक्तूबर 2015
मेरो दशैं… :- साइमोन ठाडा मगर
यो साल पनि दशैँ खल्लो खल्लो हुन्छ अब
टिकाको दिन घर सम्झी सारै मन रुन्छ अब।
साथी भाई छुट्ने भए देउसी भैलो पनि
अर्को चोटी संगै हुने बिताउने दिन गुन्छ अब।
नरमाइलो यसै यहाँ देश बाट टाढा हुँदा
अर्को चोटी घर जाने सपनाहरु बुन्छ अब।
धेरै वर्ष यस्तै होला दसैँ सम्झिएर रुनु पर्ने
सम्झनाका फूलहरु मन भित्रै ऊन्छ अब।
अर्को साल आउने कोसिश हुन्छ अब मेरो
सारा संसार भुलाएर मनको कुरा सुन्छ अब।
गुरुवार, 1 अक्तूबर 2015
पुरा हुदैछ… :- साइमोन ठाडा मगर
तिम्रो भ्रमको आस थियो , आज पुरा हुदैछ
भ्रम बकवास थियो , आज पुरा हुदैछ।
आसमा कति जिउँ आसको फल अघि हुदाँ
मायाको आवास थियो , आज पुरा हुदैछ।
बुझ्न सकिन तिम्रो मन जान्दा पनि पैले किन
सब पर्दाफास थियो , आज पुरा हुदैछ।
साँच्चै रैछ माया तिम्रो भित्री आत्मा देखिनै
तिम्रो झन् खास थियो , आज पुरा हुदैछ।
तिम्रो साथ पाउनलाई आज सम्म कुरिरहें
मेरो वनबास थियो , आज पुरा हुदैछ।
सदस्यता लें
संदेश
(
Atom
)
Popular Posts
-
तिम्राे झुटाे जंन्जालले धराप भाे जिन्दगी याे दिन रात पिइराख्ने सराब भाे जिन्दगी याे। मेराे सांचाे माया भन्दा तिम्राे अाफ्नाे मजा बेग्ल...
-
तिम्राे अानी बदलिएछ बानी बदलिएछ पुरानाे त्याे शैलीकाे कुराकानी बदलिएछ। एकान्तमा बस्न रूचाउँछाै रे एकल भएर नित्य कामलार्इ साँझ बिहा...