मंगलवार, 8 दिसंबर 2015

पुराना बातहरु… :- साइमोन ठाडा मगर

अल्झी अाए बितेका ती पुराना बात फेरी
तिम्रै यादमा कट्ने भयाे अाजकाे रात फेरि।

बिलाई सके भावना मात्र बाँकी यादहरु
छैन अाशा पाउने अब तिम्राे साथ फेरि ।

धेरै भाकाे छ जिन्दगीमा बिश्वास घात यहाँ
मेराे छैन शक्ति अब झेल्ने तिम्राे घात फेरि।

तिम्राे खुशी जीवन हाेस् यही मेराे चाहना
तिमी तिर सक्दिन म बढाउन हात फेरि।
शनिवार, 5 दिसंबर 2015

गजल लेखाई… :- साइमोन ठाडा मगर

भावी बन्नलाई निधारमा लेख्दैछु गजल
जीवन मृत्युको दोधारमा लेख्दैछु गजल।

खेलमा हार जित पक्का हुन्छ तिम्रो या मेरो
तिम्रो भो जित म त हारमा लेख्दैछु गजल।

आफ्नो मात्र सोच्छन यहाँ सबै स्वार्थी छन्
स्वार्थी मानिसको संसारमा लेख्दैछु गजल।

मर्छु होला छिट्टै म तिम्रो पीर र व्यथा लिई
पीडा रुपी तिरको प्रहारमा लेख्दैछु गजल।

पागल जस्तै भाको छु रे आज भोलि म पनि
बिना अर्थ पीडाको मारमा लेख्दैछु गजल।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal