शुक्रवार, 26 फ़रवरी 2016

देश हाम्राे कारण...:- साइमाेन ठाडा मगर

पिडामा छ हाम्राे देश हाम्राे कारणले
छैन असल परिवेश हाम्रो कारणले।

हाम्राे घर पराईले कहाँ बनाउँछ
हुदैंछ भग्नावषेश हाम्राे कारणले।

हामी नै हाैं युवा शक्ति देश बनाउने
पुग्दैछ मुटुमा ठेस हाम्राे कारणले।

संसार सप्रिन्छ सुरु गरे अाफुबाट
पाराैँ न त केही बेस हाम्राे कारणले।

भावी पुस्ताले लिउन् हाम्राे उदाहरण
नबसलाैँ केही क्लेश हाम्राे कारणले।

शुक्रवार, 12 फ़रवरी 2016

माया साँच्चै रहेछ...:- साइमाेन ठाडा मगर

चाेखाे माया रहेछ, माया साँच्चै रहेछ
 साथा साथ भएछ, माया साँच्चै रहेछ।

सपनामै पाे छु भनि चिमाेटेर हेर्याे
बिपना पाे परेछ, माया साँच्चै रहेछ।

चिनाजानी थिएन अस्तिसम्म दुईकाे
मुटु चाेरी लगेछ, माया साँच्चै रहेछ।

छुट्दैन साथ बिहान देखि साँझ सम्म
च्याट गफ चलेछ, माया साँच्चै रहेछ।

जीवन साथ बिताउने बाचा कसम
अन्त साथ मरेछ, माया साँच्चै रहेछ।
बुधवार, 3 फ़रवरी 2016

टाढाको माया… :- साइमोन ठाडा मगर

झुट बोल्नेको हद हुन्छ नि, माया गर्छ रे
मेरो साथ पाइन भने फाँसीमा मर्छ रे।

सजिलो छ उसलाई बाचा कसम खान 
मेरो कसम उसले सात डाँडा तर्छ रे।

 थाहा छैन मलाई उस्को घर र ठेगाना 
मेरो घरबार उसको दिलमा पर्छ रे।

मेरो मात्र देख्छ रे त सबै सपनाहरु
साथले मेरो उसको त सपना टर्छ रे।

मेरो केहि नलाग्ने उसको हुकुमतमा 
मलाई नि माया गर्न उसको कर छ रे।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal