मंगलवार, 22 मार्च 2016

गज़ल लेख्नेहरु… :- साइमोन ठाडा

धेरै मान्छे माया भोगेर गज़ल लेख्छन्
कोहि भने आशा बोकेर गज़ल लेख्छन्। 

माया गर्ने मान्छे मरेर जिएका हुन्छन् 
बग्ने आँशु तप्प रोकेर गज़ल लेख्छन्। 

धेरै याद आज छोडेर जानेको गर्छन् 
उही भुल्न दारु धोकेर गज़ल लेख्छन्। 

केहि छैन बाँकी पाउन उसको साथ
नाम त्यही जोडी तोकेर गज़ल लेख्छन्।

छैन भने कुनै कहानी मायाको बारे
ऊ भने भावना डोबेर गज़ल लेख्छन्।
रविवार, 13 मार्च 2016

अनौठो पलहरु… :- साइमोन ठाडा मगर

हाम्ले आँखा जुधाएर बस्दाको पल अर्कै सानु 
मायाको प्यास मेटाउन खस्दाको पल अर्कै सानु। 

तिमी अघि म चै पछि बस्दा खेरि कक्षामा 
व्यङ्ग्य गर्दै अरुको हाँस्दाको पल अर्कै सानु। 

तिमि अन्जान म नि अबुझ भैदिंदा त्यति खेर 
अन्जानैमा माया प्रिती गाँस्दाको पल अर्कै सानु। 

  झुट बोल्न आउंदैनथ्यो हामीलाई कैले पनि 
झुट बोलि दुवै जना फंस्दाको पल अर्कै सानु। 

जिउने मर्ने संगै भन्थ्यौं जसरि नि सात जन्म 
बाचामा गर्न हातहरु कस्दाको पल अर्कै सानु।
शुक्रवार, 4 मार्च 2016

सधैं भरि... :- साइमोन ठाडा मगर

हुन्छु म त तिम्रै आस पास सधैं भरि
जे गरे नि तिमि मेरो खास सधैं भरि।

तिमि छौ र त प्रिय म छु यो दुनियाँमा
तिमी बिना मेरो हुन्छ लास सधैं भरि।

तिम्रो साथ दिने सपना छ सदा सदा
तिमी नै हुनेछौ मेरो आश सधैं भरि।

कल्पनामै डुबेको छु लिदैं तिम्रो याद
टाढा तिमी साथको आभास सधैं भरि।

 तिमि नै संसार मेरो तिमि मेरो घर
हुन्छ त्यै दिलमा मेरो बास सधैं भरी।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal