सोमवार, 20 जून 2016

जीन्दगी आजभोली… :- साइमोन ठाडा मगर

याद उसको टाढा भाग्छ आजभोली
जिन्दगी नै उजाड लाग्छ आजभोली।

खोज्दै थिएँ अस्तिसम्म छैन भेटेको
खोज्दैमा दिनहरु थाक्छ आजभोली।

साथी भन्छ यो सबै मोह माया जाल
भ्रम लाउनेहरु माग्छ आजभोली।

उभों लागौं भन्दैछु उधों तान्छ ज्यान
घुँडो पनि बन्चरो ताक्छ आजभोली।
शनिवार, 11 जून 2016

उनको लागी… :- साइमोन ठाडा मगर

गज़ल उनको बारे, लेख्न मन लागेको छ
नभेटेरै बर्षौ बिते, भेट्न मन लागेको छ।

मेरो मन उछालिन्छ, तिम्रो बारे सोंच्दा पनि
मनको शान्ति भेटेर, मेट्न मन लागेको छ।

कस्ती भाकी होला उनी, पैले भन्दा झनै राम्री
मनै लोभ्याउने रूप, देख्न मन लागेको छ।

उनी बाट टाढा हुने, कल्पना नगर्दै बेस
उनी जाने बाटोलाई, छेक्न मन लागेको छ।

साथ साथ हुने हामी, हाम्रो ज्यान लहुन्जेल
साहाराको लट्ठी साथ, टेक्न मन लागेको छ।
शुक्रवार, 3 जून 2016

हालत गार्हो छ… :- साइमोन ठाडा मगर

यस्तै छ हालत, बाँच्न गार्हो छ
भित्र खुशी भई, हाँस्न गार्हो छ।

विश्वास घात छ, प्रत्येक चालमा
ढुक्क खाले नाता, गाँस्न गार्हो छ।

आत्मीयता भेटिन्छ कुन मनमा
साथ आफ्नोपन, राख्न गार्हो छ।

दुई दिनको त छ जिन्दगी यो
उफ्री मजासंग, नाच्न गार्हो छ।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal