सोमवार, 26 सितंबर 2016

मुस्किल छ... ? :- साइमोन ठाडा मगर

सबको नजरमा आज प्यार भेटियो
मन मिल्ने दौंतरी खास चार भेटियो।

आफ्नै धुनमा हुन्थे सारा संसार यहाँ
हेल्लो हाई गर्नेहरु लगातार भेटियो।

सोच्थे सबै, मात्र निभाउदैछन् भूमिका
सच्चा मनले गला मिल्ने यार भेटियो।

दिन उस्तै हुन्छन् रबि देखि शनि सम्म
पैलो  पटक छुट्टै खाले बार भेटियो।
Saimon Thada Magar
रविवार, 18 सितंबर 2016

जिन्दगीका अधुरापन... :- साइमोन ठाडा मगर

जिन्दगीमा ठुला ठुला भार लगाएर
अन्तै बाटो मोड्यौ यता बार लगाएर।

पारी पुग्नु पर्ने छोडी गयौ किनारैमा
 जानु पर्ने सहयात्री पार लगाएर।

ठिकै थियो जिउन मुस्किल भएपनि
हिड्नै गार्हो भाछ यता तार लगाएर।

अर्थहीन छ जिन्दगी, छ अधुरो यात्रा
छोड्नु पर्ने मेरो यात्रा सार लगाएर।

शुक्रवार, 2 सितंबर 2016

प्रदेशमा नदेखिने… :- बिष्णु वली/ हाल मलेसिया


प्रदेशमा बस्ने, कुनै पारा देखेन
हाँसो खुशीको, कुनै संसार देखेन।

ठुलठुला महल, हिड्छन्  चिल्ला गाडी
यहाँ कहिलै, गुन साहारा देखेन।

झलमल्ल सधैँ सियो खसे भेटिन्छ रे
कहाँ गए खै नौलाख, जुन तारा देखेन।

कति पिउनु फ्रीजको जताततै समुन्द्र छ
यहाँ प्यास लाग्दा मूल धारा देखेन।

खट्नु पर्छ सधैं पच्पन्न डिग्रीको घाममा
थकाइमा सितल ताप्ने चौतारा देखेन।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal