मंगलवार, 28 फ़रवरी 2017

रिस… :- रविनसन रेग्मी

रचनाकार :- रविनसन रेग्मी 
सुन, सब कुराको चाल भो मलाई 
भन्दैछेस रे, लाजको बाल भो मलाई। 

बिताइस रे रमाइलोमै पलहरु
दुधभात र मोजको थाल भो मलाई। 

धन्न आइछस कुनै बेलामा तँ पनि
उफ्री उफ्री नाच्नलाई ताल भो मलाई। 

यस्ता जाबो बाटोमा ठोक्किन्छन जति नि
के गर्नु र यौवनको सवाल भो मलाई।

ओइली गयो एउटा फुल के भयो र मलाई  
फुलेपछि अर्को फेरी माल भो मलाई।
शुक्रवार, 24 फ़रवरी 2017

न सोधी गयौ… :- साइमोन ठाडा मगर

कस्तो छ मेरो हाल, न सोधी गयौ तिमी
छोडी हाम्रो नेपाल, न सोधी गयौ तिमी।

तिम्रो साथ जस्तो स्वर्ग छैन अन्त कतै
सुम्सुम्यादै कपाल, न सोधी गयौ तिमी।

सोधेको त थिँए के हुदैछ तिमीलाई
गर्दैमा छेक टाल, न सोधी गयौ तिमी।

के के गर्ने आशा थियो मेरो जिन्दगीमा
बाँकी हुदैं कमाल, न सोधी गयौ तिमी।

मायामा खेलवाड गर्ने भाको छु आज
बनाएर दलाल, न सोधी गयौ तिमी।
शनिवार, 11 फ़रवरी 2017

प्रेम पत्र… :- साइमोन ठाडा मगर

पाइन्छ र चोखो माया पत्र पठाऊँदैमा
लाइन्छ र चोखो माया पत्र पठाऊँदैमा।

थुप्रै आउछन् कुराहरु लेख्न पत्र भित्र
मागिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

हाम्रो सम्बन्ध होस् दुनियाको उदाहरण
चाहिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

सम्बन्ध त यस्तो होस् जुनी जुनी साथ दिने 
भातिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

एक तर्फी मायाको स्वाद बेग्लै हुन्छ अरे
मातिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal