गुरुवार, 30 मार्च 2017

जीवनको गल्ती… :-साइमोन ठाडा मगर

तिम्रो माया सजाएर गल्ती गरेको छु
कैले माया फिजाएर गल्ती गरेको छु।

पत्तै पाउँदिनथ्थे तिमी रिसाएको
नतर्किदै फकाएर गल्ती गरेको छु।

जोडी माथि भगवानले बनाउछन् रे
आफैं जोडी बनाएर गल्ती गरेको छु।

भन्नु पर्थ्यो मैले पहिले नै तिमीलाई
सारा कुरा दबाएर गल्ती गरेको छु।
रविवार, 19 मार्च 2017

तिमीसंगको कुरा… :-साइमोन ठाडा मगर

म खोज्दै थिएँ बाहना बोल्न तिमीसंग
हुँदा मलाई चाहना बोल्न तिमीसंग।

म मात्रै त पागल होइन होला यहाँ 
खोज्छन् होला धेरै जना बोल्न तिमीसंग।

मनका कुरा खुलाई एक पत्र भित्र
लेख्दैछु आफ्ना भावना बोल्न तिमीसंग।


जवाफ आउँछ आउदैन ? खै म भने
दिनमै बुन्छु सपना बोल्न तिमीसंग। 
शनिवार, 11 मार्च 2017

मोज गर्ने गर… :- रविनसन रेग्मी

रचक : रविनसन रेग्मी
भेट भए भन्छन पात पातमा मोज गर
मुटु चिर्ने मायाको घात घातमा मोज गर। 

आभास हुन्छ कैले काहीँ पुरानो मित्रताको
मिठो त्यो साथीत्वोको साथ साथमा मोज गर। 

यस्तै रहेछ जिन्दगी कभी खुशी कभी गम 
खोजेर अर्को फुल  रात रातमा मोज गर। 

पैसा छ त सारा छ होइन भने कोइ नहीं 
जब पाउंछौ घात हात हातमा मोज गर। 

म त भन्छु साथीहरु टिल्ल खाउ फिल्ल होउ
अनि बल्ल त्यसको मात मातमा मोज गर। 

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal