रविवार, 28 मई 2017

उनलार्इ चाहिएकाे... :- साइमाेन ठाडा मगर

सुहाउँदाे गहुँगाेराे छाला खाेज्दै रैछे
म सुनकाे उ हिराकाे माला खाेज्दै रैछे।

म भने देशकाे देशभक्त नागरिक
 उ त केटा ग्रीन कार्ड वाला खाेज्दै रैछे।

म अलि सर्माउछुँ केटीकाे मामलामा
उ भने मेराे चञ्नले चाला खाेज्दै रैछे।

हाम्राे त जहाज बन्छ कागजकाे मात्र
अाफैं उड्ने उडान खटाला खाेज्दै रैछे।
बुधवार, 17 मई 2017

उपहार तिमीलार्इ... :- रविनसन रेग्मी

तिम्राे लागि पिरतीकाे मेल पठार्इदिन्छु
नबुझे भा नतिजामा फेल पठार्इदिन्छु।

तिमीलार्इ नै साथ दिन्छु भन्थी प्रिएसीले
अाेहिराे खन्ने समाजमा बेल पठार्इदिन्छु।

खेल्ने हामी दुर्इ अनि त खुशी हाम्राे नै हाे
तिमीले र मैले बुझ्ने खेल पठार्इदिन्छु।

अाउँछन् ती याद निष्ठुरीकाे कति हाे कति
प्रमाणमा अाशुँ बग्ने भेल पठार्इदिन्छु।

सरकारमा पुगें भने हेर्नुस् साथिहरू
धाेका दिने केटी जति जेल पठार्इदिन्छु।
सोमवार, 1 मई 2017

मजदुर दिवस या कर्मचारी दिवस...? :- साइमाेन ठाडा मगर


मजदुर काम जान्छ मजदुर दिवसमा
कर्मचारी र्याली लान्छ मजदुर दिवसमा।

एक छाक टार्न पनि मुस्किल छ उसलार्इ
कर्मचारी भाेज खान्छ मजदुर दिवसमा।

फरक छ एक मजदुर र कर्मचारीमा
मजदुर गिट्टी हान्छ मजदुर दिवसमा।

फरक छ भन्छु मजदुर र कर्मचारीमा
कर्मचारी छुट्टी मान्छ मजदुर दिवसमा।

अारमकाे दिन उसकाे बिरलै हुन्छन् यहाँ
उ सपना साथ लान्छ मजदुर दिवसमा।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal