मंगलवार, 8 दिसंबर 2015

पुराना बातहरु… :- साइमोन ठाडा मगर

अल्झी अाए बितेका ती पुराना बात फेरी
तिम्रै यादमा कट्ने भयाे अाजकाे रात फेरि।

बिलाई सके भावना मात्र बाँकी यादहरु
छैन अाशा पाउने अब तिम्राे साथ फेरि ।

धेरै भाकाे छ जिन्दगीमा बिश्वास घात यहाँ
मेराे छैन शक्ति अब झेल्ने तिम्राे घात फेरि।

तिम्राे खुशी जीवन हाेस् यही मेराे चाहना
तिमी तिर सक्दिन म बढाउन हात फेरि।
शनिवार, 5 दिसंबर 2015

गजल लेखाई… :- साइमोन ठाडा मगर

भावी बन्नलाई निधारमा लेख्दैछु गजल
जीवन मृत्युको दोधारमा लेख्दैछु गजल।

खेलमा हार जित पक्का हुन्छ तिम्रो या मेरो
तिम्रो भो जित म त हारमा लेख्दैछु गजल।

आफ्नो मात्र सोच्छन यहाँ सबै स्वार्थी छन्
स्वार्थी मानिसको संसारमा लेख्दैछु गजल।

मर्छु होला छिट्टै म तिम्रो पीर र व्यथा लिई
पीडा रुपी तिरको प्रहारमा लेख्दैछु गजल।

पागल जस्तै भाको छु रे आज भोलि म पनि
बिना अर्थ पीडाको मारमा लेख्दैछु गजल।
सोमवार, 23 नवंबर 2015

पुराना यादहरु... - साइमाेन ठाडा मगर

पहिलेका राजहरु देख्न थालें अाजबाट
नअाएका गजलहरु लेख्न थालें अाजबाट ।

नजिकैकाे ठानी बसें भित्री कुरा अर्कै रैछ
नजिक अाउने छाँया तिम्राे छेक्न थालें अाजबाट।

साहाराकाे लाठी सम्झे, लडाइ दियाै सपनाहरु
काल्पनाका लाठीहरु टेक्न थालें अाजबाट ।

झुठाे रैछ तिम्ले देका सारा माया, सपनाहरु
सपनाबाटै तिमीलाई फेक्न थालें अाजबाट ।

नअाएका गजलहरु लेख्न थालें अाजबाट।
नजिक अाउने छाँया तिम्राे छेक्न थालें अाजबाट।।

काल्पनाका लाठीहरु टेक्न थालें अाजबाट ।।
सपनाबाटै तिमीलाई फेक्न थालें अाजबाट ।।
शुक्रवार, 13 नवंबर 2015

पिएको पलहरु… :- साइमोन ठाडा मगर

अलिकति पिएँ आज साथी भाई संगै बस्दा
पिउंदैमा भयो साँझ साथी भाई संगै बस्दा।

एक दुइ पेग पिउँदा पिउंदै धेरै मातीएछौं
पिएँछु नमानी लाज साथी भाई संगै बस्दा।

रमाईलो हो चाड पर्वको पिएँ धित मारी
 खोल्न थालें सारा राज साथी भाई संगै बस्दा।

साथीको सम्मान आफ्नो नाता भन्दा बढी
 उड्यो गफको जहाज साथी भाई संगै बस्दा।

हिजों सम्म असल थिएँ आजबाट बिग्रीएं  रे
नराम्रो भो अरु माझ साथी भाई संगै बस्दा।
मंगलवार, 13 अक्तूबर 2015

मेरो दशैं… :- साइमोन ठाडा मगर

यो साल पनि दशैँ खल्लो खल्लो हुन्छ अब
टिकाको दिन घर सम्झी सारै मन रुन्छ अब। 

साथी भाई  छुट्ने भए देउसी भैलो पनि
अर्को चोटी संगै हुने बिताउने दिन गुन्छ अब। 

नरमाइलो यसै यहाँ देश बाट टाढा हुँदा
अर्को चोटी घर जाने सपनाहरु बुन्छ अब।

धेरै वर्ष यस्तै होला दसैँ सम्झिएर रुनु पर्ने
सम्झनाका फूलहरु मन भित्रै ऊन्छ अब।

अर्को साल आउने कोसिश हुन्छ अब मेरो 
सारा संसार भुलाएर मनको कुरा सुन्छ अब।




गुरुवार, 1 अक्तूबर 2015

पुरा हुदैछ… :- साइमोन ठाडा मगर

तिम्रो भ्रमको आस थियो , आज पुरा हुदैछ
भ्रम बकवास थियो , आज पुरा हुदैछ। 

आसमा कति जिउँ आसको फल अघि हुदाँ
मायाको आवास थियो , आज पुरा हुदैछ।

बुझ्न सकिन तिम्रो मन जान्दा पनि पैले किन
सब पर्दाफास थियो , आज पुरा हुदैछ। 

 साँच्चै रैछ माया तिम्रो भित्री आत्मा देखिनै 
तिम्रो झन् खास थियो , आज पुरा हुदैछ।  

तिम्रो साथ पाउनलाई आज सम्म कुरिरहें 
मेरो वनबास थियो , आज पुरा हुदैछ।





रविवार, 20 सितंबर 2015

नयाँ संविधान… :-साइमोन ठाडा मगर

देशको मुहार नै फेरियोस, नयाँ  संविधानले
इतिहासका पाना केरियोस, नयाँ  संविधानले।

आज आफैँमा खुशी छु बयान नगर्दै बेस 
सबैको दु:ख हेरियोस, नयाँ  संविधानले। 

बर्षौ देखिको सपना पुरा हुँदा आज आई 
देश शान्तिले घेरियोस, नयाँ  संविधानले। 

चाहिंदैन धर्म या जातीयताको बिबेध 
नेपाली मन बेरियोस, नयाँ  संविधानले।

नयाँ नेपालको मुहारको बिरोध गर्ने
जनताहरु टेरियोस, नयाँ  संविधानले।
बुधवार, 16 सितंबर 2015

विदेशको सपना र देशको विकास..:- साइमोन ठाडा मगर

विदेशको सपना र देशको विकास..:- साइमोन ठाडा मगर

विदेश जाने निहुँमा मलाई जालमा पारिसके।
त्यसैले त विदेश जाने आस मैले मारिसकेँ।


यता गयो दलाली छ उता गयो दलाली छ
दलालीलाई देखी मैले सपनाहरु टारिसकें।

देशमै विकास गर्ने कुरा मनमा अब जागिरह्यो
विकास सुरु गर्न भनी खोरिया नि खारिसकेँ।

सुधार्नु छ संसारलाई सुरु गर्नु आफैँ बाट
सुरु गर्न मैले एउटा विरुवा नि सारिसकेँ।

विकासमा बाधा आउँछन् भनी मैले थाहा पाएँ
बाधाहरु रोक्न मैले बिरुवालाई बारिसकेँ।
रविवार, 13 सितंबर 2015

सानो व्यथा... :- साइमोन ठाडा मगर

कति माया गर्छौ भन्थी माया मारी जानु रैछ
पराई संग लुकी छिपी नाता सारी जानु रैछ।

खै केही थाहा छैन के गर्दै छिन आज भोली
जिती राख्या चोखो माया अन्तै हारी जानु रैछ।

थिएनौं परिपक्क हामी कोहि जान्ने बुझ्ने बेला
पर्ख न केहि वर्ष प्रिय भन्दा हतारी जानु रैछ।

मेरो हैसियत भएन रे उनको हात थाम्नलाई
उनको भाग्यमा त सात समुन्द्र पारी जानु रैछ।

उनी नपाए अरुलाई रोज्दिन भन्ने मेरो कसम
के गर्नु दु:खी मेरो जीवन ब्रम्हचारी जानु रैछ।
शनिवार, 29 अगस्त 2015

मेरो त्याग... :- साइमोन ठाडा मगर

मेरो त्यागले सारा, दुःख भगाऊँछ भने
हजार चोटी मर्छु, बरु शान्ति आऊँछ भने। 

मेरो पनि गुननै होस न मेरो देशको लागि 
जनता एक भई देशलाई गुन लाऊँछ भने। 

एक चोटीको जीवनमा जे गर राम्रो गर 
भिखारीले महलको सपना सजाऊँछ भने। 

के अर्थ छ र रगत देशको लागि बगाउनुमा 
शहीदले शहीद दिनमा मात्र माला पाऊँछ भने। 

साथ दिंदा  के फरक पर्छ एक आवाजमा
गुंडबाटै परेवाले शान्तिको गीत गाउँछ भने।
बुधवार, 26 अगस्त 2015

खराब स्थीती... :- साइमोन ठाडा मगर

हालत यस्तो हुदाँ पनि विवस छु हेर्नलाई
आए जस्तै ग्रह शनि, विवस छु हेर्नलाई।

खै क हो राजनीति त्यति साह्रो बुझ्दिन म
शान्तिको दिन गनी, विवस छु हेर्नलाई।

थोरै कुरा नमिल्नाले यत्रो बिधि तमासाको
खबर भयो सनसनी, विवस छु हेर्नलाई।

जति टाढा भए पनि मेरो माया नेपाललाई
नेपाली हुँ म भनि, विवस छु हेर्नलाई।

संघियता के हो बिरलै छन् बुझ्ने मान्छे
सल्काउछौँ आगो दन्दनी, विवस छु हेर्नलाई। 
शनिवार, 25 जुलाई 2015

परिभाषित जीवन ... :- साइमोन ठाडा मगर

सधैँ आशुँ झार्नु मात्र होइन जीवन हेर
सुख दु:ख टार्नु मात्र होइन जीवन हेर।

कति पाउछौ दु:ख तिमी यो जीवनमा
गम स्वीकार्नु मात्र होइन जीवन हेर। 

अरुको लागी सधैं भरी आफ्ना सारा
इच्छाहरु मार्नु मात्र होइन जीवन हेरा।

जीतोस बरु एक खेल उसले पनि आज
सधैं भरी हार्नु मात्र होइन जीवन हेर।

आफु अघि बढ्ने  निहुँमा फेरी सधैं
मान्छे पछार्नु  मात्र होइन जीवन हेर।

गुरुवार, 9 जुलाई 2015

जीवनकाे गरिबी... :- साइमाेन ठाडा मगर

मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।

नदेखाउँ न त भन्छु मेरा दुःख अरुलाई
लुकाउनलाई मुख सक्दिन त के गरुँ ।

पेट त्यसै नभरिने एक इलम बिना अाज
मेटाउनलाई भोक सक्दिन त के गरुँ ।

बन्दैछ रे तमासा मेराे अाज समाजमा
बन्नलाई भावुक सक्दिन त के गरुँ ।

मरितुल्य भाछ जीवन लासकाे छैन टुङ्गाे
मान्न अाफ्नै साेक सक्दिन त के गरुँ ।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal