मेरो त्यागले सारा, दुःख भगाऊँछ भने
हजार चोटी मर्छु, बरु शान्ति आऊँछ भने।
मेरो पनि गुननै होस न मेरो देशको लागि
जनता एक भई देशलाई गुन लाऊँछ भने।
एक चोटीको जीवनमा जे गर राम्रो गर
भिखारीले महलको सपना सजाऊँछ भने।
के अर्थ छ र रगत देशको लागि बगाउनुमा
शहीदले शहीद दिनमा मात्र माला पाऊँछ भने।
साथ दिंदा के फरक पर्छ एक आवाजमा
गुंडबाटै परेवाले शान्तिको गीत गाउँछ भने।
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें