शनिवार, 29 अगस्त 2015

मेरो त्याग... :- साइमोन ठाडा मगर

मेरो त्यागले सारा, दुःख भगाऊँछ भने
हजार चोटी मर्छु, बरु शान्ति आऊँछ भने। 

मेरो पनि गुननै होस न मेरो देशको लागि 
जनता एक भई देशलाई गुन लाऊँछ भने। 

एक चोटीको जीवनमा जे गर राम्रो गर 
भिखारीले महलको सपना सजाऊँछ भने। 

के अर्थ छ र रगत देशको लागि बगाउनुमा 
शहीदले शहीद दिनमा मात्र माला पाऊँछ भने। 

साथ दिंदा  के फरक पर्छ एक आवाजमा
गुंडबाटै परेवाले शान्तिको गीत गाउँछ भने।
बुधवार, 26 अगस्त 2015

खराब स्थीती... :- साइमोन ठाडा मगर

हालत यस्तो हुदाँ पनि विवस छु हेर्नलाई
आए जस्तै ग्रह शनि, विवस छु हेर्नलाई।

खै क हो राजनीति त्यति साह्रो बुझ्दिन म
शान्तिको दिन गनी, विवस छु हेर्नलाई।

थोरै कुरा नमिल्नाले यत्रो बिधि तमासाको
खबर भयो सनसनी, विवस छु हेर्नलाई।

जति टाढा भए पनि मेरो माया नेपाललाई
नेपाली हुँ म भनि, विवस छु हेर्नलाई।

संघियता के हो बिरलै छन् बुझ्ने मान्छे
सल्काउछौँ आगो दन्दनी, विवस छु हेर्नलाई। 

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal