गुरुवार, 21 अप्रैल 2016

मेरो इच्छाहरु… :- साइमोन ठाडा मगर

धेरै भयो टाढिएको घर जान मन छ
एक छाक घरको खाना खान मन छ ।

चार साल भो दशैं भन्न नि नपाएको
एक चोटी सबको साथ मान्न मन छ ।

घर आशमा छन् छोराले सुख दिनेछ
बुबा-आमालाई सुखमा लान मन छ ।

गए दुखका दिनहरु चिन्ता नलिनु
मेरो नाइँ सबैको दुख फाल्न मन छ ।
मंगलवार, 12 अप्रैल 2016

नभेटिएका कुराहरु… :- साइमोन ठाडा मगर

गरे भन्छन खै पुरा, काम भेटिदैन
गरिएका विकसित ठाम भेटिदैन।

हातमा प्रमाण पत्र एम. ए. पासको
गाउँ घरमा चिनिने नाम भेटिदैन।

गर्ने धेरै छन् यहाँ ज्याला, मजदुरी
उसैको नै छाक टार्ने माम भेटिदैन।

छैन आज विकास ठाउँ ठाउँमा किन?
निकासेको बजेटको दाम भेटिदैन।

सन्देश पठाउनु छ हर जनतामा
पठाउन नै गतिलो खाम भेटिदैन।
मंगलवार, 5 अप्रैल 2016

तिम्रो मेरो भिन्नता... :- साइमोन ठाडा मगर

तिमीले त भुल्यौ सहजै मैले सकिन
तिमी बिना भए म रात जुन बिहिन। 

तिमीलाई त सजिलो बनाउन साथी
मलाई भने अरुसंग बोल्न कठिन। 

हाँस्दै होलाऊ तिम्रो आफ्नो संसारभरि
मेरो हालत छ एस्तो मुहार मलिन। 

तिमीलाई चाहिएको पैसा वाला प्रेमी
माफ गर तिमीले सोचें जस्तो भईन।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal