मंगलवार, 29 नवंबर 2016

One sided love...then and now...:- साइमोन ठाडा मगर

आउछौं सपनीमा थाछ र तिमीलाई ?
अझै नि मेरो याद आछ र तिमीलाई ?

सबै कुरा सकिसक्यो रत्ति बाँकी छैन
पहिले जस्तै हुन लाछ र तिमीलाई ?

लगन पछि पोतेको के काम लाग्छ र ?
अब लाउने मन भाछ र तिमीलाई ?

खोज्दै गर्नु तिमीमा म होला त्यतै कतै
लुकेको मायाले सताछ र तिमीलाई ?


😢😢😢😢😢
बुधवार, 16 नवंबर 2016

हो कि… ? :- साइमोन ठाडा मगर

आयौ फेरी सपनीमा भाकेर पो हो कि ?
तिम्रा याद मन भरी राखेर पो हो कि ?

बोल्छु अरे निदरीमै नबुझिने गरी
निदरीमै तिमीलाई डाकेर पो हो कि ?

कति दिनु मनलाई पिडा सधैंभरी
 सम्झी राख्ने मेरो मन थाकेर पो हो कि ?

मैले हारे पनि मेरो मनले छैन जस्तो
अझै तिम्रो माया ताकेर पो हो कि ?

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal