आयौ फेरी सपनीमा भाकेर पो हो कि ?
तिम्रा याद मन भरी राखेर पो हो कि ?
बोल्छु अरे निदरीमै नबुझिने गरी
निदरीमै तिमीलाई डाकेर पो हो कि ?
कति दिनु मनलाई पिडा सधैंभरी
सम्झी राख्ने मेरो मन थाकेर पो हो कि ?
मैले हारे पनि मेरो मनले छैन जस्तो
अझै तिम्रो माया ताकेर पो हो कि ?
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें