सोमवार, 30 जनवरी 2017

राम्रा कुराहरु… :- साइमोन ठाडा मगर

कति गर्नु हारको, गरौँ जितका कुरा
मिठो अनि सुरिलो, गरौँ गीतका कुरा।

कति क्रुर हुन्छ पापी मानिसको मन
स्वच्छ निश्चल हुने गरौँ शीतका कुरा।

 रगतको भन्दा भावनाको नाता राम्रो
दाजुभाईको भन्दा गरौँ मितका कुरा।

मिलन पछि बिछोड प्रकृतिको खेल
बिछोडका होइन गरौँ प्रितका कुरा।
रविवार, 15 जनवरी 2017

जीवनको यथार्थ… :- साइमोन ठाडा मगर

सोचे जस्तो जीवन भए को रुन्थ्यो र यहाँ ?
सबैले त्यो आकाश चुमे को हुन्थ्यो र यहाँ ?

स्वार्थी छ संसार नै सबै तछाड मछाड 
सबै भए समान जाल को बुन्थ्यो र यहाँ ?

आफ्नो मनको माली आफैं छैनन् कोही पनि 
त्यसो भए जीवन साथी को चुन्थ्यो र यहाँ ?

माथी चड्ने आफैं लड्छ या फिर लडाईंन्छ 
नत्र आफ्ना सपनाहरु को थुन्थ्यो र यहाँ ?

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal