सोचे जस्तो जीवन भए को रुन्थ्यो र यहाँ ?
सबैले त्यो आकाश चुमे को हुन्थ्यो र यहाँ ?
स्वार्थी छ संसार नै सबै तछाड मछाड
सबै भए समान जाल को बुन्थ्यो र यहाँ ?
आफ्नो मनको माली आफैं छैनन् कोही पनि
त्यसो भए जीवन साथी को चुन्थ्यो र यहाँ ?
माथी चड्ने आफैं लड्छ या फिर लडाईंन्छ
नत्र आफ्ना सपनाहरु को थुन्थ्यो र यहाँ ?
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें