मंगलवार, 25 अप्रैल 2017

पापी दुनियाँ... :- साइमाेन ठाडा मगर

Nepali Gazal Pailaharu's Logoहाँस्न दिए न हसाँउन, पापी दुनियाँले
थाप्छ जालाे फसाँउन, पापी दुनियाँले।

बाँदर भन्दा कम मानव पनि छैनन्
दिन्न घर सजाउन, पापी दुनियाँले।

नजर लाग्छ हाम्राे त हर एक प्रगतिमा
खाेज्छ सधैँ खसाउन, पापी दुनियाँले।

सुन्दर मेराे सपना सुखी जीवनकाे
पार्याे सुख दबाउन, पापी दुनियाँले।

माया र करूणामा संसार अडेकाे छ
ताक्छ धृणा बढाउन, पापी दुनियाँले।


शुक्रवार, 14 अप्रैल 2017

नयाँ बर्षकाे शुभकामना... :- साइमाेन ठाडा मगर

धेरै बाँचि राख्नु, नयाँ बर्षकाे शुभकामना
माया साँचि राख्नु, नयाँ बर्षकाे शुभकामना।

संसार नै उज्यालाे देखिन्छ तिमी हाँस्दा खेरी
त्यस्तै हाँसि राख्नु, नयाँ बर्षकाे शुभकामना।

साथ कहिल्यै नछाेड्ने खाएर वाचा कसम
वाचा बाँकी राख्नु, नयाँ बर्षकाे शुभकामना।

सुख चयन कायम हाेस् यही मेराे चाहना
देवी भाकी राख्नु, नयाँ बर्षकाे शुभकामना।

Saimon Thada Magar : Happy New Year
रविवार, 9 अप्रैल 2017

अाउँदैछु म... :- साइमाेन ठाडा मगर

पर्खिबसे चाैतारीमा भेट्न अाउँदैछु
नदेखेकाे बर्षाै भयाे देख्न अाउँदैछु।

अतास लाग्या हाेला मेरी मायालुलार्इ
संगालेका सारा प्यास मेट्न अाउँदैछु।

हाम्राे प्याराे कहानी त कथा जस्तै लाग्छ
मायाकाे त्याे उपन्यास लेख्न अाउँदैछु।

नजर लाग्छ कि दुिनयाँकाे भनी मैले
पछ्याैरीले हाम्राे माया छेक्न अाउँदैछु।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal