मंगलवार, 25 अप्रैल 2017

पापी दुनियाँ... :- साइमाेन ठाडा मगर

Nepali Gazal Pailaharu's Logoहाँस्न दिए न हसाँउन, पापी दुनियाँले
थाप्छ जालाे फसाँउन, पापी दुनियाँले।

बाँदर भन्दा कम मानव पनि छैनन्
दिन्न घर सजाउन, पापी दुनियाँले।

नजर लाग्छ हाम्राे त हर एक प्रगतिमा
खाेज्छ सधैँ खसाउन, पापी दुनियाँले।

सुन्दर मेराे सपना सुखी जीवनकाे
पार्याे सुख दबाउन, पापी दुनियाँले।

माया र करूणामा संसार अडेकाे छ
ताक्छ धृणा बढाउन, पापी दुनियाँले।


कोई टिप्पणी नहीं :

एक टिप्पणी भेजें

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal