सर्जक परिचय


नाम : साइमोन ठाडा मगर
जन्म : २०५३/०५/०३
बुबाको नाम : देव बहादुर ठाडा 
आमाको नाम : रेनुका देवी ठाडा
योग्यता : स्नातक गर्दै (२०१४-२०१८), १०+२ (२०१२-२०१४), एस.एल.सी.(२०१२)
रुचिहरु : कविता लेखन, गज़ल लेखन, साहित्य पढ्न, बाहिरी खेल खेल्न, संगीत सुन्न, नयाँ कुरा जान्ने, आदि।
लेखन प्रकाशन : कुनै कृति प्रकासन भएको छैन। 



मेरो सानो परिचय

यहाँहरुमा म यो ब्लगको सर्जक साइमोन ठाडा मगरको  तर्फबाट नमस्कार ! 

म साइमोन ठाडा मगर हुँ।  म रामपुर नगरपालिका वाड नं. ६, पाल्पामा थाई बसोबास गर्दछु।  हाल म बठींडा, पंजाबमा अस्थाई बसोबास गर्दै आएको छु।  मेरो बुबाको नाम देव बहादुर ठाडा र आमाको नाम रेनुका देवी ठाडा हो।  मेरो एउटा भाई छ र ऊ काठमाडौँमा पढाईको सिलसिलामा छ।  मैले मेरो एस.एल.सी. रामपुर आवासीय उच्च  माध्यमिक विद्यालय रामपुर , पाल्पाबाट पास गरेको हुँ।  मैले +२ सगरमाथा उच्च माध्यमिक बिद्यालय पोखरा, नेपालबाट गरेको हुँ।  हाल Baba Farid Group of Institutions (Baba Farid College of Engineering and Technology, Deon, Bathinda) बाट Computer Science and Engineering मा Bachelor of Technology गर्दैछु।  मेरो सपना एक Good software developer and social worker बन्ने ।  म आफ्नो देशलाई विकसित भएको देख्न चाहन्छु। 

मेरो गजल यात्रा भने कक्षा ९ बाट सुरु भएको हो। म संग गज़ल कसरी लेखिन्छ वा कसरी वाचन गरिन्छ कुनै आधिकारिक ज्ञान भने छैन।  रेडियोमा हुने गज़ल वाचन, गज़ल संग्रह किताब आदीका गज़लकै नक्कल गरेर नै गज़लको भाव बुझेको हुँ।  म संग कविताको ज्ञान पहिलेनै भएकोले गज़लका रचनामा त्यति कठिनाई भने आएन।  यसरीनै मेरो गज़ल यात्रा सुरु भएको थियो।  फुर्सदका समयमा म गज़ल लेखी मोबाइलमा राख्ने गर्थें।  पछि आएर मेरो गज़ल प्रदशन गर्ने मौका Facebook मार्फत पाएँ।  कहिले कहीं कुनै सभा समारोहमा मौका पाउना साथ गज़ल वाचन गरीहल्थें ।  बिस्तारै आफ्नो कुनै अनुभव नहुदाँ नहुदैं भावनामा लिप्त भइ गज़लहरु लेख्न थालें।  शब्द आफैँ फुर्ने गर्थे, कुनै शब्द मलाई छुन्थ्यो भने त्यसमै गज़ल कोरीहाल्थें।  पछि आएर कलेजमा ट्रेनिंगमा ब्लगको विषय थियो त्यसकारण ब्लग बनाउनु जरुरि थियो।  मैले ट्रेनिंगबाट ब्लगको बारेमा जान्ने मौका पाएँ र गूगलका नियमहरु पनि।  यसरी मेरो अलग प्रस्तुति गर्नको निम्ति र गज़ल पाइला बढाउनका निम्ति यो ब्लगको सुरुवात गरेको हुँ।  

यहाँहरुको साथको अपेक्षा गरेको छु आशा छ त्यो यहाँहरुबाट पाउनेछु। यो ब्लगको साथसाथ फेसबुक पेज पनि तयार पारेको छु नेपाली गजल पाईलाहरु। एक पटक अवश्य हेर्नुहोला। धन्यवाद! कुनै सल्लाह सुझाबका लागि magarchsstm@gmail.com मा मेल गर्न सक्नुहुनेछ।

कोई टिप्पणी नहीं :

एक टिप्पणी भेजें

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal