शनिवार, 21 मई 2016

कहाँ छ?... :- साइमोन ठाडा मगर

किन पुज्छौ ढुंगालाई भगवान कहाँ छ
लक्ष्मीलाई पुज्ने मान्छे धनवान कहाँ छ।

स्वार्थी छन् सबै यो स्वार्थी संसारमा
धन हुने मान्छे भन मनवान कहाँ छ।

सबै जना बराबर छन् एक आपसमा
शाही शरीर वाला नि बलवान कहाँ छ।

मनको मान्नु पर्छ राम्रो  कामको लागि
बुद्धिजिबी देखिएका ज्ञानवान कहाँ छ।
बुधवार, 11 मई 2016

छोडुं कसरी… :- साइमोन ठाडा मगर

तिम्रो लागि सारा संसार छोडुं त छोडुं कसरी
प्यारो लाग्ने घर परिवार छोडुं त छोडुं कसरी।

हाम्रो मिलन बन्न सक्छ राजा रानी राज दरबारको
बनी बनाउ राज दरबार छोडुं त छोडुं कसरी।

तिमीलाई चाहिँदो हो अमुल्य हिराका हार
बुबा आमा जस्तो हार छोडुं त छोडुं कसरी।

एक पल टाढा बस्न गार्हो पर्छ यहाँ मलाई
मन रुवाई बारम्बार छोडुं त छोडुं कसरी।
गुरुवार, 5 मई 2016

साँचो जीवन… :- साइमोन ठाडा मगर

जीवनमा माया, हुन्न सधैं भरी 
साथ आफ्नै छाँया, हुन्न सधैं भरी।

एक चोटी पालो आउँछ सबैको
दैब पनि बाँया, हुन्न सधैं भरी।

आफु भलो त जगत भलो भन्छन्
किन गुन लाया, हुन्न सधैं भरी।

भाग्य हेर्दैछन् गर्न भन्दा पहिले
भाग्य लेखी पाया, हुन्न सधैं भरी।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal