तिम्रो लागि सारा संसार छोडुं त छोडुं कसरी
प्यारो लाग्ने घर परिवार छोडुं त छोडुं कसरी।
हाम्रो मिलन बन्न सक्छ राजा रानी राज दरबारको
बनी बनाउ राज दरबार छोडुं त छोडुं कसरी।
तिमीलाई चाहिँदो हो अमुल्य हिराका हार
बुबा आमा जस्तो हार छोडुं त छोडुं कसरी।
एक पल टाढा बस्न गार्हो पर्छ यहाँ मलाई
मन रुवाई बारम्बार छोडुं त छोडुं कसरी।
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें