गुरुवार, 28 दिसंबर 2017

मेराे गल्ती... :- साइमाेन ठाडा मगर

म नै दाेषी छु तिमीलार्इ रूवाउनुमा
अन्जानैमा भए नि मन दुखाउनुमा।

अाफुलार्इ कहिल्यै माफ गर्न सक्दिन
बिना गल्ती असल साथी गुमाउनुमा।

सिधा तिम्राे जीवनकाे बाटाे गाेरेटाेलार्इ
अपराधी मान्दछु यात्रा घुमाउनुमा।

असल साथी नाममा कलङ्क मानेकाे छु
तिम्राे शान्त सुन्दर घर टुटाउनुमा।
गुरुवार, 7 दिसंबर 2017

फेरी देखेकाे सपना... :- साइमाेन ठाडा मगर

फाेनबाटै कुरा भए सपनीमै सही
इच्छाहरू पुरा भए सपनीमै सही।

हाे छैन तिम्राे इच्छा मलार्इ दुःखी पार्ने
शब्दहरू छुरा भए सपनीमै सही।

मन्दिर धागा बाधेँ तिम्राे हात भरि
धागा सारा चुरा भए सपनीमै सही।

तिमीलार्इ सङ्का छ कि मेराे माया प्रती
यात्रा ती अधुरा भए सपनीमै सही।
मंगलवार, 10 अक्तूबर 2017

सपनीमा अार्इरहन्छाै... :- साइमाेन ठाडा मगर

माया गर्छाै कि अझै सपनीमा अार्इरहन्छाै
तड्पन्छाै कि म झैँ सपनीमा अार्इरहन्छाै।

सधैँ भरि म भन्दिन तिमी याद गर्छाै हाेला
अतः गर्छाै नि पक्कै सपनीमा अार्इरहन्छाै।

कमै राख्या हाैली मायाले दिल भित्र तिमीले
नभए के भाे  म नै सपनीमा अार्इरहन्छाै।

मेराे भ्रम तिम्राे यथार्थ पनि हुन नि सक्छ
हुर्किदा भ्रम झनै सपनीमा अार्इरहन्छाै।
शनिवार, 3 जून 2017

उसकाे गल्तीमा... :- साइमाेन ठाडा मगर

दाेष उ लगाउँछ गल्ती उसैले गरे पनि
माफी उ मगाउँछ गल्ती उसैले गरे पनि।

सबैभन्दा ठुलाे हतियार हुन्छ सधैं संगै
अाँसु उ बगाउँछ गल्ती उसैले गरे पनि।

ठुस्किएर बसिदिन्छे नबाेलेरै एकान्तमा
अाश छ मनाउँछ गल्ती उसैले गरे पनि।

जति गर बहस हार्न हामीलार्इ नै पर्छ
लंका उ जलाउँछ गल्ती उसैले गरे पनि।
रविवार, 28 मई 2017

उनलार्इ चाहिएकाे... :- साइमाेन ठाडा मगर

सुहाउँदाे गहुँगाेराे छाला खाेज्दै रैछे
म सुनकाे उ हिराकाे माला खाेज्दै रैछे।

म भने देशकाे देशभक्त नागरिक
 उ त केटा ग्रीन कार्ड वाला खाेज्दै रैछे।

म अलि सर्माउछुँ केटीकाे मामलामा
उ भने मेराे चञ्नले चाला खाेज्दै रैछे।

हाम्राे त जहाज बन्छ कागजकाे मात्र
अाफैं उड्ने उडान खटाला खाेज्दै रैछे।
बुधवार, 17 मई 2017

उपहार तिमीलार्इ... :- रविनसन रेग्मी

तिम्राे लागि पिरतीकाे मेल पठार्इदिन्छु
नबुझे भा नतिजामा फेल पठार्इदिन्छु।

तिमीलार्इ नै साथ दिन्छु भन्थी प्रिएसीले
अाेहिराे खन्ने समाजमा बेल पठार्इदिन्छु।

खेल्ने हामी दुर्इ अनि त खुशी हाम्राे नै हाे
तिमीले र मैले बुझ्ने खेल पठार्इदिन्छु।

अाउँछन् ती याद निष्ठुरीकाे कति हाे कति
प्रमाणमा अाशुँ बग्ने भेल पठार्इदिन्छु।

सरकारमा पुगें भने हेर्नुस् साथिहरू
धाेका दिने केटी जति जेल पठार्इदिन्छु।
सोमवार, 1 मई 2017

मजदुर दिवस या कर्मचारी दिवस...? :- साइमाेन ठाडा मगर


मजदुर काम जान्छ मजदुर दिवसमा
कर्मचारी र्याली लान्छ मजदुर दिवसमा।

एक छाक टार्न पनि मुस्किल छ उसलार्इ
कर्मचारी भाेज खान्छ मजदुर दिवसमा।

फरक छ एक मजदुर र कर्मचारीमा
मजदुर गिट्टी हान्छ मजदुर दिवसमा।

फरक छ भन्छु मजदुर र कर्मचारीमा
कर्मचारी छुट्टी मान्छ मजदुर दिवसमा।

अारमकाे दिन उसकाे बिरलै हुन्छन् यहाँ
उ सपना साथ लान्छ मजदुर दिवसमा।

मंगलवार, 25 अप्रैल 2017

पापी दुनियाँ... :- साइमाेन ठाडा मगर

Nepali Gazal Pailaharu's Logoहाँस्न दिए न हसाँउन, पापी दुनियाँले
थाप्छ जालाे फसाँउन, पापी दुनियाँले।

बाँदर भन्दा कम मानव पनि छैनन्
दिन्न घर सजाउन, पापी दुनियाँले।

नजर लाग्छ हाम्राे त हर एक प्रगतिमा
खाेज्छ सधैँ खसाउन, पापी दुनियाँले।

सुन्दर मेराे सपना सुखी जीवनकाे
पार्याे सुख दबाउन, पापी दुनियाँले।

माया र करूणामा संसार अडेकाे छ
ताक्छ धृणा बढाउन, पापी दुनियाँले।


शुक्रवार, 14 अप्रैल 2017

नयाँ बर्षकाे शुभकामना... :- साइमाेन ठाडा मगर

धेरै बाँचि राख्नु, नयाँ बर्षकाे शुभकामना
माया साँचि राख्नु, नयाँ बर्षकाे शुभकामना।

संसार नै उज्यालाे देखिन्छ तिमी हाँस्दा खेरी
त्यस्तै हाँसि राख्नु, नयाँ बर्षकाे शुभकामना।

साथ कहिल्यै नछाेड्ने खाएर वाचा कसम
वाचा बाँकी राख्नु, नयाँ बर्षकाे शुभकामना।

सुख चयन कायम हाेस् यही मेराे चाहना
देवी भाकी राख्नु, नयाँ बर्षकाे शुभकामना।

Saimon Thada Magar : Happy New Year
रविवार, 9 अप्रैल 2017

अाउँदैछु म... :- साइमाेन ठाडा मगर

पर्खिबसे चाैतारीमा भेट्न अाउँदैछु
नदेखेकाे बर्षाै भयाे देख्न अाउँदैछु।

अतास लाग्या हाेला मेरी मायालुलार्इ
संगालेका सारा प्यास मेट्न अाउँदैछु।

हाम्राे प्याराे कहानी त कथा जस्तै लाग्छ
मायाकाे त्याे उपन्यास लेख्न अाउँदैछु।

नजर लाग्छ कि दुिनयाँकाे भनी मैले
पछ्याैरीले हाम्राे माया छेक्न अाउँदैछु।

गुरुवार, 30 मार्च 2017

जीवनको गल्ती… :-साइमोन ठाडा मगर

तिम्रो माया सजाएर गल्ती गरेको छु
कैले माया फिजाएर गल्ती गरेको छु।

पत्तै पाउँदिनथ्थे तिमी रिसाएको
नतर्किदै फकाएर गल्ती गरेको छु।

जोडी माथि भगवानले बनाउछन् रे
आफैं जोडी बनाएर गल्ती गरेको छु।

भन्नु पर्थ्यो मैले पहिले नै तिमीलाई
सारा कुरा दबाएर गल्ती गरेको छु।
रविवार, 19 मार्च 2017

तिमीसंगको कुरा… :-साइमोन ठाडा मगर

म खोज्दै थिएँ बाहना बोल्न तिमीसंग
हुँदा मलाई चाहना बोल्न तिमीसंग।

म मात्रै त पागल होइन होला यहाँ 
खोज्छन् होला धेरै जना बोल्न तिमीसंग।

मनका कुरा खुलाई एक पत्र भित्र
लेख्दैछु आफ्ना भावना बोल्न तिमीसंग।


जवाफ आउँछ आउदैन ? खै म भने
दिनमै बुन्छु सपना बोल्न तिमीसंग। 
शनिवार, 11 मार्च 2017

मोज गर्ने गर… :- रविनसन रेग्मी

रचक : रविनसन रेग्मी
भेट भए भन्छन पात पातमा मोज गर
मुटु चिर्ने मायाको घात घातमा मोज गर। 

आभास हुन्छ कैले काहीँ पुरानो मित्रताको
मिठो त्यो साथीत्वोको साथ साथमा मोज गर। 

यस्तै रहेछ जिन्दगी कभी खुशी कभी गम 
खोजेर अर्को फुल  रात रातमा मोज गर। 

पैसा छ त सारा छ होइन भने कोइ नहीं 
जब पाउंछौ घात हात हातमा मोज गर। 

म त भन्छु साथीहरु टिल्ल खाउ फिल्ल होउ
अनि बल्ल त्यसको मात मातमा मोज गर। 
मंगलवार, 28 फ़रवरी 2017

रिस… :- रविनसन रेग्मी

रचनाकार :- रविनसन रेग्मी 
सुन, सब कुराको चाल भो मलाई 
भन्दैछेस रे, लाजको बाल भो मलाई। 

बिताइस रे रमाइलोमै पलहरु
दुधभात र मोजको थाल भो मलाई। 

धन्न आइछस कुनै बेलामा तँ पनि
उफ्री उफ्री नाच्नलाई ताल भो मलाई। 

यस्ता जाबो बाटोमा ठोक्किन्छन जति नि
के गर्नु र यौवनको सवाल भो मलाई।

ओइली गयो एउटा फुल के भयो र मलाई  
फुलेपछि अर्को फेरी माल भो मलाई।
शुक्रवार, 24 फ़रवरी 2017

न सोधी गयौ… :- साइमोन ठाडा मगर

कस्तो छ मेरो हाल, न सोधी गयौ तिमी
छोडी हाम्रो नेपाल, न सोधी गयौ तिमी।

तिम्रो साथ जस्तो स्वर्ग छैन अन्त कतै
सुम्सुम्यादै कपाल, न सोधी गयौ तिमी।

सोधेको त थिँए के हुदैछ तिमीलाई
गर्दैमा छेक टाल, न सोधी गयौ तिमी।

के के गर्ने आशा थियो मेरो जिन्दगीमा
बाँकी हुदैं कमाल, न सोधी गयौ तिमी।

मायामा खेलवाड गर्ने भाको छु आज
बनाएर दलाल, न सोधी गयौ तिमी।
शनिवार, 11 फ़रवरी 2017

प्रेम पत्र… :- साइमोन ठाडा मगर

पाइन्छ र चोखो माया पत्र पठाऊँदैमा
लाइन्छ र चोखो माया पत्र पठाऊँदैमा।

थुप्रै आउछन् कुराहरु लेख्न पत्र भित्र
मागिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

हाम्रो सम्बन्ध होस् दुनियाको उदाहरण
चाहिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

सम्बन्ध त यस्तो होस् जुनी जुनी साथ दिने 
भातिन्छ र चोखो माया पत्र पठाऊँदैमा।

एक तर्फी मायाको स्वाद बेग्लै हुन्छ अरे
मातिन्छ र चोखो माया पत्र पठाऊँदैमा।
सोमवार, 30 जनवरी 2017

राम्रा कुराहरु… :- साइमोन ठाडा मगर

कति गर्नु हारको, गरौँ जितका कुरा
मिठो अनि सुरिलो, गरौँ गीतका कुरा।

कति क्रुर हुन्छ पापी मानिसको मन
स्वच्छ निश्चल हुने गरौँ शीतका कुरा।

 रगतको भन्दा भावनाको नाता राम्रो
दाजुभाईको भन्दा गरौँ मितका कुरा।

मिलन पछि बिछोड प्रकृतिको खेल
बिछोडका होइन गरौँ प्रितका कुरा।
रविवार, 15 जनवरी 2017

जीवनको यथार्थ… :- साइमोन ठाडा मगर

सोचे जस्तो जीवन भए को रुन्थ्यो र यहाँ ?
सबैले त्यो आकाश चुमे को हुन्थ्यो र यहाँ ?

स्वार्थी छ संसार नै सबै तछाड मछाड 
सबै भए समान जाल को बुन्थ्यो र यहाँ ?

आफ्नो मनको माली आफैं छैनन् कोही पनि 
त्यसो भए जीवन साथी को चुन्थ्यो र यहाँ ?

माथी चड्ने आफैं लड्छ या फिर लडाईंन्छ 
नत्र आफ्ना सपनाहरु को थुन्थ्यो र यहाँ ?

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal