शनिवार, 10 दिसंबर 2016

मेरा भावना... :- सूजन गौली

आज फेरि आकाश खस्यो निस्कु कसरी
तिम्ले चुम्दा आँशु खस्यो पुछुँ कसरी। 

भन्न त भन्थ्यौ तिमी मुर्ख म बनीरहे
गयौ केही नभनेरै अब बोलुँ कसरी। 

एक शब्द बोल्थ्यौ भने थिएँ म हाजिर 
आज आई सक्दिन म भनुँ कसरी। 

 नजिक हुंदा पराई सम्झ्यौ तिमीले नै
अब तिम्रो साख्खै पनि बनुँ कसरी।
मंगलवार, 29 नवंबर 2016

One sided love...then and now...:- साइमोन ठाडा मगर

आउछौं सपनीमा थाछ र तिमीलाई ?
अझै नि मेरो याद आछ र तिमीलाई ?

सबै कुरा सकिसक्यो रत्ति बाँकी छैन
पहिले जस्तै हुन लाछ र तिमीलाई ?

लगन पछि पोतेको के काम लाग्छ र ?
अब लाउने मन भाछ र तिमीलाई ?

खोज्दै गर्नु तिमीमा म होला त्यतै कतै
लुकेको मायाले सताछ र तिमीलाई ?


😢😢😢😢😢
बुधवार, 16 नवंबर 2016

हो कि… ? :- साइमोन ठाडा मगर

आयौ फेरी सपनीमा भाकेर पो हो कि ?
तिम्रा याद मन भरी राखेर पो हो कि ?

बोल्छु अरे निदरीमै नबुझिने गरी
निदरीमै तिमीलाई डाकेर पो हो कि ?

कति दिनु मनलाई पिडा सधैंभरी
 सम्झी राख्ने मेरो मन थाकेर पो हो कि ?

मैले हारे पनि मेरो मनले छैन जस्तो
अझै तिम्रो माया ताकेर पो हो कि ?
सोमवार, 26 सितंबर 2016

मुस्किल छ... ? :- साइमोन ठाडा मगर

सबको नजरमा आज प्यार भेटियो
मन मिल्ने दौंतरी खास चार भेटियो।

आफ्नै धुनमा हुन्थे सारा संसार यहाँ
हेल्लो हाई गर्नेहरु लगातार भेटियो।

सोच्थे सबै, मात्र निभाउदैछन् भूमिका
सच्चा मनले गला मिल्ने यार भेटियो।

दिन उस्तै हुन्छन् रबि देखि शनि सम्म
पैलो  पटक छुट्टै खाले बार भेटियो।
Saimon Thada Magar
रविवार, 18 सितंबर 2016

जिन्दगीका अधुरापन... :- साइमोन ठाडा मगर

जिन्दगीमा ठुला ठुला भार लगाएर
अन्तै बाटो मोड्यौ यता बार लगाएर।

पारी पुग्नु पर्ने छोडी गयौ किनारैमा
 जानु पर्ने सहयात्री पार लगाएर।

ठिकै थियो जिउन मुस्किल भएपनि
हिड्नै गार्हो भाछ यता तार लगाएर।

अर्थहीन छ जिन्दगी, छ अधुरो यात्रा
छोड्नु पर्ने मेरो यात्रा सार लगाएर।

शुक्रवार, 2 सितंबर 2016

प्रदेशमा नदेखिने… :- बिष्णु वली/ हाल मलेसिया


प्रदेशमा बस्ने, कुनै पारा देखेन
हाँसो खुशीको, कुनै संसार देखेन।

ठुलठुला महल, हिड्छन्  चिल्ला गाडी
यहाँ कहिलै, गुन साहारा देखेन।

झलमल्ल सधैँ सियो खसे भेटिन्छ रे
कहाँ गए खै नौलाख, जुन तारा देखेन।

कति पिउनु फ्रीजको जताततै समुन्द्र छ
यहाँ प्यास लाग्दा मूल धारा देखेन।

खट्नु पर्छ सधैं पच्पन्न डिग्रीको घाममा
थकाइमा सितल ताप्ने चौतारा देखेन।
गुरुवार, 14 जुलाई 2016

साथ तिमीसंगको… :- साइमोन ठाडा मगर

राम्री देखिएछौ अलिकति रिसाउँदा
झनै राम्री त्यसै माथि हाँसो मिसाउँदा।

नरिसाउँन तिमी, गल्ती भयो म बाट
तिमी त हौ साथ दिने बाटो बिराउँदा।

खुशीको त सिमा हुन्न तिमी साथ हुँदा
जुनी जिते जस्तो लाग्छ हात मिलाउँदा।

स्वर्ग कहाँ खोज्न जानु तिमी साथ लिई
खुशी मान्छु साथ तिमीसंग बिताउँदा।

साथ नछुटोस कैले पनि तिमीसंग
आउँनेछु सपनीमा तिमी निदाउँदा।
मंगलवार, 5 जुलाई 2016

देश विकास… :-साइमोन ठाडा मगर

बनाउनु देश आफ्नै देशमा बसेर
नफाल जीवन खेर विदेश पसेर।

के हुँदैन आँटे हामीले यही देशमा
नबनौं हामी अन्धो कालो पट्टि बाँधेर।

बोल्नेहरु धेरै छन् गर्ने एक दुई
बोलेर होइन हामी देखाऔं गरेर।

अबुझ छन् धेरै देशको हालबारे
बुझिन्छ त कुरा पढेर भन्दा परेर।

विकासको सरुवात गरौँ आजैबाट
देखाउँ हाम्रो भकारी सुनले भरेर।
सोमवार, 20 जून 2016

जीन्दगी आजभोली… :- साइमोन ठाडा मगर

याद उसको टाढा भाग्छ आजभोली
जिन्दगी नै उजाड लाग्छ आजभोली।

खोज्दै थिएँ अस्तिसम्म छैन भेटेको
खोज्दैमा दिनहरु थाक्छ आजभोली।

साथी भन्छ यो सबै मोह माया जाल
भ्रम लाउनेहरु माग्छ आजभोली।

उभों लागौं भन्दैछु उधों तान्छ ज्यान
घुँडो पनि बन्चरो ताक्छ आजभोली।
शनिवार, 11 जून 2016

उनको लागी… :- साइमोन ठाडा मगर

गज़ल उनको बारे, लेख्न मन लागेको छ
नभेटेरै बर्षौ बिते, भेट्न मन लागेको छ।

मेरो मन उछालिन्छ, तिम्रो बारे सोंच्दा पनि
मनको शान्ति भेटेर, मेट्न मन लागेको छ।

कस्ती भाकी होला उनी, पैले भन्दा झनै राम्री
मनै लोभ्याउने रूप, देख्न मन लागेको छ।

उनी बाट टाढा हुने, कल्पना नगर्दै बेस
उनी जाने बाटोलाई, छेक्न मन लागेको छ।

साथ साथ हुने हामी, हाम्रो ज्यान लहुन्जेल
साहाराको लट्ठी साथ, टेक्न मन लागेको छ।
शुक्रवार, 3 जून 2016

हालत गार्हो छ… :- साइमोन ठाडा मगर

यस्तै छ हालत, बाँच्न गार्हो छ
भित्र खुशी भई, हाँस्न गार्हो छ।

विश्वास घात छ, प्रत्येक चालमा
ढुक्क खाले नाता, गाँस्न गार्हो छ।

आत्मीयता भेटिन्छ कुन मनमा
साथ आफ्नोपन, राख्न गार्हो छ।

दुई दिनको त छ जिन्दगी यो
उफ्री मजासंग, नाच्न गार्हो छ।
शनिवार, 21 मई 2016

कहाँ छ?... :- साइमोन ठाडा मगर

किन पुज्छौ ढुंगालाई भगवान कहाँ छ
लक्ष्मीलाई पुज्ने मान्छे धनवान कहाँ छ।

स्वार्थी छन् सबै यो स्वार्थी संसारमा
धन हुने मान्छे भन मनवान कहाँ छ।

सबै जना बराबर छन् एक आपसमा
शाही शरीर वाला नि बलवान कहाँ छ।

मनको मान्नु पर्छ राम्रो  कामको लागि
बुद्धिजिबी देखिएका ज्ञानवान कहाँ छ।
बुधवार, 11 मई 2016

छोडुं कसरी… :- साइमोन ठाडा मगर

तिम्रो लागि सारा संसार छोडुं त छोडुं कसरी
प्यारो लाग्ने घर परिवार छोडुं त छोडुं कसरी।

हाम्रो मिलन बन्न सक्छ राजा रानी राज दरबारको
बनी बनाउ राज दरबार छोडुं त छोडुं कसरी।

तिमीलाई चाहिँदो हो अमुल्य हिराका हार
बुबा आमा जस्तो हार छोडुं त छोडुं कसरी।

एक पल टाढा बस्न गार्हो पर्छ यहाँ मलाई
मन रुवाई बारम्बार छोडुं त छोडुं कसरी।
गुरुवार, 5 मई 2016

साँचो जीवन… :- साइमोन ठाडा मगर

जीवनमा माया, हुन्न सधैं भरी 
साथ आफ्नै छाँया, हुन्न सधैं भरी।

एक चोटी पालो आउँछ सबैको
दैब पनि बाँया, हुन्न सधैं भरी।

आफु भलो त जगत भलो भन्छन्
किन गुन लाया, हुन्न सधैं भरी।

भाग्य हेर्दैछन् गर्न भन्दा पहिले
भाग्य लेखी पाया, हुन्न सधैं भरी।
गुरुवार, 21 अप्रैल 2016

मेरो इच्छाहरु… :- साइमोन ठाडा मगर

धेरै भयो टाढिएको घर जान मन छ
एक छाक घरको खाना खान मन छ ।

चार साल भो दशैं भन्न नि नपाएको
एक चोटी सबको साथ मान्न मन छ ।

घर आशमा छन् छोराले सुख दिनेछ
बुबा-आमालाई सुखमा लान मन छ ।

गए दुखका दिनहरु चिन्ता नलिनु
मेरो नाइँ सबैको दुख फाल्न मन छ ।
मंगलवार, 12 अप्रैल 2016

नभेटिएका कुराहरु… :- साइमोन ठाडा मगर

गरे भन्छन खै पुरा, काम भेटिदैन
गरिएका विकसित ठाम भेटिदैन।

हातमा प्रमाण पत्र एम. ए. पासको
गाउँ घरमा चिनिने नाम भेटिदैन।

गर्ने धेरै छन् यहाँ ज्याला, मजदुरी
उसैको नै छाक टार्ने माम भेटिदैन।

छैन आज विकास ठाउँ ठाउँमा किन?
निकासेको बजेटको दाम भेटिदैन।

सन्देश पठाउनु छ हर जनतामा
पठाउन नै गतिलो खाम भेटिदैन।
मंगलवार, 5 अप्रैल 2016

तिम्रो मेरो भिन्नता... :- साइमोन ठाडा मगर

तिमीले त भुल्यौ सहजै मैले सकिन
तिमी बिना भए म रात जुन बिहिन। 

तिमीलाई त सजिलो बनाउन साथी
मलाई भने अरुसंग बोल्न कठिन। 

हाँस्दै होलाऊ तिम्रो आफ्नो संसारभरि
मेरो हालत छ एस्तो मुहार मलिन। 

तिमीलाई चाहिएको पैसा वाला प्रेमी
माफ गर तिमीले सोचें जस्तो भईन।
मंगलवार, 22 मार्च 2016

गज़ल लेख्नेहरु… :- साइमोन ठाडा

धेरै मान्छे माया भोगेर गज़ल लेख्छन्
कोहि भने आशा बोकेर गज़ल लेख्छन्। 

माया गर्ने मान्छे मरेर जिएका हुन्छन् 
बग्ने आँशु तप्प रोकेर गज़ल लेख्छन्। 

धेरै याद आज छोडेर जानेको गर्छन् 
उही भुल्न दारु धोकेर गज़ल लेख्छन्। 

केहि छैन बाँकी पाउन उसको साथ
नाम त्यही जोडी तोकेर गज़ल लेख्छन्।

छैन भने कुनै कहानी मायाको बारे
ऊ भने भावना डोबेर गज़ल लेख्छन्।
रविवार, 13 मार्च 2016

अनौठो पलहरु… :- साइमोन ठाडा मगर

हाम्ले आँखा जुधाएर बस्दाको पल अर्कै सानु 
मायाको प्यास मेटाउन खस्दाको पल अर्कै सानु। 

तिमी अघि म चै पछि बस्दा खेरि कक्षामा 
व्यङ्ग्य गर्दै अरुको हाँस्दाको पल अर्कै सानु। 

तिमि अन्जान म नि अबुझ भैदिंदा त्यति खेर 
अन्जानैमा माया प्रिती गाँस्दाको पल अर्कै सानु। 

  झुट बोल्न आउंदैनथ्यो हामीलाई कैले पनि 
झुट बोलि दुवै जना फंस्दाको पल अर्कै सानु। 

जिउने मर्ने संगै भन्थ्यौं जसरि नि सात जन्म 
बाचामा गर्न हातहरु कस्दाको पल अर्कै सानु।
शुक्रवार, 4 मार्च 2016

सधैं भरि... :- साइमोन ठाडा मगर

हुन्छु म त तिम्रै आस पास सधैं भरि
जे गरे नि तिमि मेरो खास सधैं भरि।

तिमि छौ र त प्रिय म छु यो दुनियाँमा
तिमी बिना मेरो हुन्छ लास सधैं भरि।

तिम्रो साथ दिने सपना छ सदा सदा
तिमी नै हुनेछौ मेरो आश सधैं भरि।

कल्पनामै डुबेको छु लिदैं तिम्रो याद
टाढा तिमी साथको आभास सधैं भरि।

 तिमि नै संसार मेरो तिमि मेरो घर
हुन्छ त्यै दिलमा मेरो बास सधैं भरी।
शुक्रवार, 26 फ़रवरी 2016

देश हाम्राे कारण...:- साइमाेन ठाडा मगर

पिडामा छ हाम्राे देश हाम्राे कारणले
छैन असल परिवेश हाम्रो कारणले।

हाम्राे घर पराईले कहाँ बनाउँछ
हुदैंछ भग्नावषेश हाम्राे कारणले।

हामी नै हाैं युवा शक्ति देश बनाउने
पुग्दैछ मुटुमा ठेस हाम्राे कारणले।

संसार सप्रिन्छ सुरु गरे अाफुबाट
पाराैँ न त केही बेस हाम्राे कारणले।

भावी पुस्ताले लिउन् हाम्राे उदाहरण
नबसलाैँ केही क्लेश हाम्राे कारणले।

शुक्रवार, 12 फ़रवरी 2016

माया साँच्चै रहेछ...:- साइमाेन ठाडा मगर

चाेखाे माया रहेछ, माया साँच्चै रहेछ
 साथा साथ भएछ, माया साँच्चै रहेछ।

सपनामै पाे छु भनि चिमाेटेर हेर्याे
बिपना पाे परेछ, माया साँच्चै रहेछ।

चिनाजानी थिएन अस्तिसम्म दुईकाे
मुटु चाेरी लगेछ, माया साँच्चै रहेछ।

छुट्दैन साथ बिहान देखि साँझ सम्म
च्याट गफ चलेछ, माया साँच्चै रहेछ।

जीवन साथ बिताउने बाचा कसम
अन्त साथ मरेछ, माया साँच्चै रहेछ।
बुधवार, 3 फ़रवरी 2016

टाढाको माया… :- साइमोन ठाडा मगर

झुट बोल्नेको हद हुन्छ नि, माया गर्छ रे
मेरो साथ पाइन भने फाँसीमा मर्छ रे।

सजिलो छ उसलाई बाचा कसम खान 
मेरो कसम उसले सात डाँडा तर्छ रे।

 थाहा छैन मलाई उस्को घर र ठेगाना 
मेरो घरबार उसको दिलमा पर्छ रे।

मेरो मात्र देख्छ रे त सबै सपनाहरु
साथले मेरो उसको त सपना टर्छ रे।

मेरो केहि नलाग्ने उसको हुकुमतमा 
मलाई नि माया गर्न उसको कर छ रे।
गुरुवार, 7 जनवरी 2016

मान्छे मरेपछी...:- मौसम भुसाल

ए भन्नू न बा मान्छे मरेपछी कहाँ जान्छन् ?
आफ्नालाई रुवाएर आफुँसित को लान्छन् ?

नफर्किने गरि कहिल्यै लडि मरे सहिदहरु
यी अस्मिता लुटिएकी आमालाई के ठान्छ्न्?

जान्छु पनि नभनी जान्छन् माया गर्नेहरु
संगै मर्छु भनी वाचा कसम किन खान्छन्?

तातेताते हिँडाउने बा-आमा नहुँदामा
आउँदा भेट्न पछिपछी हात कस्ले तान्छन् ?

मौसम भुसाल
कावोसती, नवलपरासी  
रविवार, 3 जनवरी 2016

मेरो जिन्दगी यो… :- साइमोन ठाडा मगर

तिम्राे झुटाे जंन्जालले धराप भाे जिन्दगी याे
दिन रात पिइराख्ने सराब भाे जिन्दगी याे।

मेराे सांचाे माया भन्दा तिम्राे अाफ्नाे मजा बेग्लै
तिम्ले माेड्याै बाटाे, मेराे खराब भाे जिन्दगी याे।

सारा खुशी तिम्रै भागमा मेराे रित्ताे भाग्य ठिक छ
पीडाकाे खाेल खुकुरीकाे दाब भाे जिन्दगी याे।

कस्ताे प्रिती लगाएछु सारा खुशी लुटाउने
त्यही प्रितीकाे नमीठाेे सराप भाे जिन्दगी याे।

Popular Posts

This website has all rights reserved.
© Cloudy Henry Saint Saimon Thada Magar (CHSSTM)
Rampur-4, Plapa, Nepal